कुखूराले ल्याएको नयाँ जिन्दगी

Case study
photo: 

वि.स. २०२० सालमा नवलपरासीमा जन्मेका कृण्ण महतो  एउटा थारुपरिवारमा जम्मेका महतो ठुलो हुन्जेल समेत स्कुलको मुख नदेखेका कृण्ण ले खासै पढने अवसर प्राप्त गर्न सकेनन । थारु गाँउ त्यसमाथि अनपढ उनी किशोर अवस्थादेखी नै नारायणी नदिमा गई माछा मार्ने घाँस दाउरा स्याउला लिनको लागि जंगल जाने कार्यमा उनको उमेर बढदै गयो विस्तारै कुष्ण जवान वन्दै जान्छन । 
त्यस्तै बेला उनी वैवाहिक जिवनमा समेत बाधिन पुग्छन । त्यसपछि जिविकोपार्जनको लागि उनि डकर्मि काम गर्न थाल्छन । लामो समय डकर्मि काम गरेका कृष्ण जव उमेर बढदै गयो डकर्मि कामको लागि शारिरिक रुपमा समेत गाह्रो पर्न लागेको अनुभव गर्दछन यो काम छोडदै गर्दा नँया कुन काम गर्ने भन्ने चिन्ताले उनलाई सताउन थाल्दछ । गाँउमा फस्टाउदै गरेको होमस्टेले केहि नया व्यवसायको सोच समेत वनाएका कृष्ण जव उद्यमशिलता विकास तालिम लिने अवसर प्राप्त गर्दछन त्यसपछि उनमा एकदमै उर्जा थपिन्छ । मान्छेको माझमा आफ्नो परिचय दिन गाह्रो मान्ने कृष्ण प्रत्यक्ष रुपमा सहकारि संस्थासम्म पुगेर आफ्नो व्यवसायको प्लान बताउदै ऋणको लागि सल्लाह समेत गर्दछन । 

तालिम लगत्तै उनले एउटा फ्रेस हाउस कावासोति नगरपालीकामा दर्ता गरि संचालनमा ल्याउछन । यसै तालिम अवधिमा साना किसान बचत सहकारी संस्थाको तर्फ बाट ऋण  प्रक्रियाको लागि अन्तक्रिया समेत गर्न पाएका कृष्ण त्यसपछि साना किसान बचत सहकारी संस्था मार्फत रु १०००००। (एक लाख रुपया) ऋण प्राप्त गर्दछन । त्यसले गर्दा व्यवसाय लाई थप वृद्धि गर्न समेत सहज भयो र हाल उनि उक्त फ्रेस हाउस चलाएरनै आफ्नो जिविको पार्जन गदै आएका छन । साथै मासिक करिव रु. १०००० आम्दानी गर्नसफल भएका छन ।