गगन लाङघालि खाजा घर

Case study
photo: 

गंगा बहादुर मगर एक परिर्वतनशिल युवाको नाम हो ।  वि.स. २०३५ सालमा जन्मेका गंगा समय परिस्थति अनुकुल आँफुलाइ उभ्याउन सफल उद्यमी हुन् । गंगा  वहादुर नामले मात्र होईन कामले समेत वहादुर छन् । विगतका  उनको ईतिहासलाई हेर्ने हो भने मध्यवर्ति क्षेत्र चितवन राष्ट्रिय निकुन्ज नजिकै वसोवास गर्ने गंगा कुनै समय पुर्ण रुपमा नजिकैको जंगलमाथि निर्भर थिए । जंगलवाट दाउरा ल्याउने घाँस, पात, स्याउला लगायत र फुर्सदको समयमा राप्ती नदिमा गई माछा मार्ने काम गरि आफ्नो जिविकोपार्जन गर्ने गर्थे । तर पछि जव जंगलको निति नियम ले गर्दा जंगल जान अंकुश लगाईयो तव उनलाई समस्या पर्न आयो । त्यसपछि उनलाई आर्थिक समस्याले सताउन थाल्यो र त्यसपछि उनि  चितवन जिल्लाको सदरमुकाम भरतपुरमा एक होटलमा कुकको रुपमा काम गर्न थाले । करिव ४ वर्षसम्म उक्त होटलमा काम गरेका गंगा घरपायक नभएको कारणले जागिर छोडन वाध्य भए । जागिर छाडेपछि उनि घरमै वस्न थाले घरमै वस्दा फेरी आर्थिक समस्याले सताउन थाल्यो । 
समय वित्दै जादा जव केरुङ्गा मध्यवर्ति उपभोक्ता समितिवाट अकस्मात उनलाई फोन आउछ र हरियो वन कार्यक्रम अन्र्तगत युवा उद्यमशिलताको लागि ७ दिने युवा उद्यमी विकास तालिममा सहभागि हुनको लागि उक्त उपभोक्ता समितिले फोन गरेको हुन्छ । जसअनुसार गंगा आफ्नो सम्पुर्ण कागजात लिई सम्वन्धित कार्यालय फ्रिप्याडमा पुग्दछन । मिहिनेती र धैर्यवान गंगा सहभागि छनोट चरण पार गरि तालिममा सहभागि वन्न पुग्दछन । तालिम अवधिभर हंसंमुखका गंगा सवैका प्रिय पात्र समेत वन्न पुग्दछन । सात दिनको तालिम सफलतापुर्वक सम्पन्न भएपछि गंगामा एउटा नयाँ व्यवसायिक सोचको उर्जा प्राप्त हुन्छ । व्यवसाय कसरी संचालन गर्ने साथै हिसावकिताव राख्नुपर्ने लगायतका व्यवसायका आधारभुत तरिका सिकिसकेका गंगा सम्बन्धित विषयमा अनुभवि र आत्मविश्वासी गंगाले  त्यसपछि गगन लाङघाली खाजा घर नामक खाजा घर विधिवत रुपमा नारायणी नगरपालीकामा दर्ता गर्दछन । जव गंगाले नगरपालीकामा व्यवसाय दर्ता गरेपछि स्थानिय वित्तिय संस्थावाट समेत उनले ऋण समेत लिने व्यवस्था मिलाईसकेका छन । 
पछिल्लो समय खाजाघरमा व्यस्त गंगा आर्थिक रुपमा समेत विस्तारै उकासिदै छन हाल आएर उनले विदेश जाने युवाहरुलाई समेत भन्ने गरेका छन केही ग¥यो भने आफ्नौ ठाँउमा पनी केही गर्न सकिन्छ भन्ने राम्रो उदाहरण वनेका छन । उक्त कार्यक्रमवाट खाजा घर को लागि केही आवश्यक सामाग्रि समेत प्राप्त गरेका गंगाको दिनचार्य खाजाघरमा नै वित्ने गरेको छ । विस्तारै व्यवसाय बढाउदै लगि भविष्यमा सफल व्यवसायि वन्ने उनको धोको छ ।