निरज एण्ड निश्चल सप्लार्यस

Case study
photo: 

प्रगतिको पथमा लम्कँदै गरेका चन्द्रवहादुर वि.स. २०४१ सालमा नवलपरासी जिल्लाको हालको कावासोती नगरपालीका तत्कालीन कोल्हुवा गा.वि.स.को गरिव परिवारमा जन्मेका चन्द्र आफ्नो पढाईलाइ अगाडि बढाउदै दुखको घडिलाई पार गर्दै  प्लस टुसम्म  शैक्षिक योग्यता हाँसील गरेका चन्द्रले जव त्यस भन्दा अगाडि आफ्नो पढाईलाइ बढाउन सकेनन् जसको कारण थियो, आर्थिक अवस्था । त्यस्तै अवस्थामा उनि वैवाहिक जिवनमा समेत बाँधिन समेत पुगे । घरको आर्थिक अवस्था पारिवारिक जिवनशैलीलाई परिर्वतन गरि आर्थिक अवस्था सुधार गर्नको लागि उनि  बैदेशीक रोजगारीको लागि मलेसिया पुगे वास्तविक सपनालाई साकार पार्न चन्द्र विदेशवाट सोचेअनुसार तथा एजेन्टले भनेअनुसारको काम नपाउदा उनि नेपालमै बसेर केही गर्नुपर्ने अटोठका साथ नेपाल फर्कन्छन ।
आफ्नौ गाँउमा भर्खरै भर्खरै फस्टाउदै गरेका होमस्टे लाई नजिकवाट नियालीरहेका चन्द्रको गाँउमा आन्तरीक तथा वाह्य पर्यटकको आगमन दिन प्रतिदिन बढदै गईरहेको थियो । त्यस्तै वखत ढुङगा खोज्दा देउता मिलेझै युवाहरुको लागि उद्यमशिलता विकास तालिम उनले गाँउमै लिने अवसर प्राप्त गरे तालिमवाट उनमा थप उत्प्रेरणा प्राप्त भयो, साथै स्थानिय वित्तिय संस्थासँग समेत सुलभ व्याजदरमा ऋणको वारेमा अन्र्तक्रियाको अवसर समेत प्राप्त गरे ।
त्यसपछि त उनमा व्यवसायिक चिन्तन यति बढन गयोकि त्यसको लगत्तै कावासोति नगरपालीकामा गई विधिवत रुपमा निरज एण्ड निश्चल सप्लार्यस नामक व्यवसाय दर्ता गरी व्यावसाय संचालन गर्नको लागि साना किसान सहकारी संस्था मार्फत रु. ५ लाख ऋण लिएका छन् । हाल उनको व्यवसाय राम्रोसंग संचालन भईरहेको छ र मासिक करिव रु २ लाख बराबरको व्यापार गर्न सफल भएका छन  ।