समाजको हेराईमा आएको परिर्वतन

Case study
photo: 

आरति अधिकारी एक विवाहित महिला हुन वि.स. २०५५ सालमा जन्मिएकि आरति पढने सुनौला दिनहरुमा वैवाहिक  जिवनमा वाधिन पुुग्नुभयो नवज्योति सामुदायिक वन नजिक वसोवास गर्ने आरतिलाई सुरुवाती दिनहरुमा जंगलवाट दाउरा घाँस स्याउला पात वोकेर आफ्नो घरयासी समस्या समाधान गर्नु पर्ने वाध्यता थियो, तरपनि घरको वुहारी भएको नाताले उनले गर्ने यस्तो घरयासी कामकाजमा कुनै आर्थिक मुल्य हुदैनथ्यो तैपनि जिन्दगीका उकाली ओरालीमा सधै अघि बडने आरतिले आर्थिक रुपमा केहि गर्ने उद्येश्यका साथ आफ्नो घर नजिकै एउटा होटल व्यवसायको शुरुवात गरिन र व्यवसाय संगसंगै उनले आफ्नो जिवनको सकरात्मक वाटाहरुलाई अँगाल्दै अघि बढदै गईन । गाउमा होटल व्यावसाय भएकोले होला व्यवसाय साँझपख होटलमा राम्रै चहलपहल हुन्थो व्यवसाय समेत राम्रै चलेको थियो । एकदिन साँझको वेला एक जना वनको सुरक्षाकर्मी खाजा खाएपछि उनको होटलमा दर्ता छ  कि छैन यदि दर्ता नभएको भए होटल गैह्रकाुननि हुने कुरा उनले वताए जसले गर्दा आरतिलाई समस्या प¥यो उनलाई दर्ता कहाँ कसरी गर्ने भन्ने केहि थाहा थिएन ।

दिनहरु वित्दै जाँदा जव एकदिन हरियोवन कार्यक्रमले युवाहरुका लागि उद्यमशिलता विकास तालिमको वारेमा नजिकैको  साथिहरुले खवर गरे अनि उनले आतुर हुदै कार्यक्रमको लागि संस्थामा फोन गरि जानकारी लिईन । तालिम अवधिमा समेत उत्कृष्ट व्यावसायिक योजना वनाउन सफल आरति तालिम पश्चात नै योजना मार्फत आफ्नो व्यवसायलाई भरतपुर उपमहानगरपालीकामा दर्ता भएपछि आरतिलाई सानो तिनो युुद्ध जितेजस्तो अनुभुति भयो । अहिले आएर आरति पुर्ण रुपमा व्यावसायीक सोचले अगाडि बढिरहेकी छन र व्यवसायलाई थप वृद्धि गर्न को लागि बंैक तथा वित्तिय संस्थामा सस्तो व्याजदरमा ऋणको लागि समेत प्रक्रिया अगाडि बढाईरेहकी छन । पुरानो दिनहरुको संघर्षलाई राम्ररी चिनेकी आरति अहिले उनि त्यस ठाँउको अगुवा महिला उद्ममी वन्न पुगेकि छन ।