चौधरी खाजा घर सामाजिक सदभावलाई सम्वोधन गर्दै 

Case study
photo: 

पुजा मर्दनिया आफ्नो जन्मघरलाई छोडने जव आफ्नो कर्म घरमा आईपुग्छिन । घरयासी संघर्षमा जिवनको साथसाथै जातिगत रुपमा माछा मार्ने कामलाई आफ्नो प्रमुख पेशा ठानेको परिवारको जिवनशैली त्यती सजिलो थियन । लामो दुखको घडिलाई सम्झेर छोटो समयमा धेरै पैसा कमाउन  वैदेशीक रोजगारको लागि श्रीमान मलेशीया पुग्छन । सधैँ आफ्नो दुखमा साथ दिने श्रीमान् जव विदेश जान्छन् , उनलाई घरयासी काम र आफ्नो बच्चालाई स्याहार गर्न कठिनाई हुन पुग्दछ तैपनी संघर्षका जिवनमा सधै अघि बढिरहने पुजा जिन्दगिमा कहिले हरेश खाईनन् उनले आफ्नो श्रीमानले विदेशवाट पठाएको पैसा अलिअलि जम्मा गरेर आफ्नौ घरमा सानो होटल व्यवसाय सुरु गरिन समय वित्दै गयो दुख पछि सुख आउने आशमा पुजा आफ्नो कामलाई मनैवाट पुजा गर्दथिन जव एकदिन पुजाको मोवाईलमा घण्टि वज्यो जुन सामुदायिक वनका कर्मचारीको थियो । जुन कुरा हरियो वन कार्यक्रम अन्र्तगत युवा उद्यमीहरुलाई ७ दिने युवा उद्यमशिलता विकास तालिम छ, भनेर जसले गर्दा पुजा पनि उक्त तालिममा प्रत्यक्ष रुपमा सहभागि भई सक्रिय रुपमा तालिममा सहभागि भईन अनि मात्र उनको व्यवसायिक आँखा खुल्यो । जुन तालिमवाट उनले व्यावासिक क्रियाकलाप साथै सम्पुर्ण नाफा योजना विश्लेषण लगायत विभिन्न तरिकाहरुको जानकारी हासिल गरिन  व्यावसायको कानुनि अस्तित्व समेत वुझेपछि उनले व्यवसाय भरतपुर उपमहानगरपालीकामा विधिवत रुपमा दर्ता समेत गरिन । अहिले पुजाको श्रीमान् पनि आफ्नो श्रीमतिको कामलाई राम्रोसंग बुझेका छन् र अन्र्तआत्मा वाटै केही गर्ने ईच्छाले दुवै उक्त व्यवसायलाई अगाडि वढाईरहेका छन । यसै कार्यक्रमवाट अन्र्तगत अवलोकन भम्रणवाट प्रत्यक्ष अनुभव बटुल्दै अहिले आफ्नो व्यवसायलाई राम्रो व्यवस्थापन गर्न सक्षम भएका छन् । यति मात्र नभई कार्यक्रम वाट प्राप्त होटलको लागि आवश्यक सामाग्री पाएपछी दम्पती साच्चै नै यस कार्यक्रम हाम्रै लागि रहेछ भन्ने कुराको महशुस गरेका छन् । अहिले एक छोरा र एक छोरी साथै सानो परिवारमा रमाउने पुजाको परिवार स्थानिय ठाँउको नमुना व्यवसायि वन्न सफल भएको छ भने उनको श्रीमान पनि वैदेशीक रोजगारीलाई स्थगगित गर्दै स्वदेशमा एक सफल युवा उद्यमीको ढोका खोल्न सफल भएका छन ।