जुनुचन्द्र किराना पसल  एण्ड रेन्टुरेन्ट

Case study
photo: 

वनको चरि वनमै रमाउछ भनेझै विभिन्न देशमा रोजगारीको सिलसिलामा भौतारीएका जित वहादुर बोटे विदेशमा ५ वर्ष विताएर स्वदेशमा फर्केका हुन । विं सं २०३६ मा जन्मेका जितले  खासै पढने अवसर प्राप्त गरेनन । बोटे परिवारमा जन्मेका उनि वालकबाट नै र्पुख्यौली पेशा माछा मार्ने डुगां चलाउने लगायतका काम गर्दछन् । साथै जिविकोपार्जनको लागि  घर नजिकैको जंगलमा आश्रित हुन्छन । त्यसवाट जिविकोपार्जनमा खासै सुधार हुदैन त्यसपछि वैदेशीक रोजगारको लागि विदेश जान्छन करिव ५ वर्ष विदेश बसेपछि स्वदेसमै फर्कन्छन विदेशमा काम गरेर जमाएको केही पैसा जम्मा पारी सानो किराना तथा रेष्टुरेन्ट संचालन गर्दछन । व्यवसायको खासै अनुभव नगरेका जित सुरु सुरुमा व्यवसाय सन्चालन गर्न कठिन थियो । जव अमलटारीमा युुवा उद्यमशिलता विकास तालिम संचालन हुदै छ भन्ने थाहा पाएका उनि उक्त तालिम नछुटाउने प्रण गरे र ७ दिने उद्यमशिलता विकास तालिम लिएपछि उनमा व्यवसायको सन्र्दभमा सकरात्मक सोच पलायो र सो लगत्तै कावासोति नगरपालीकामा गई व्यवसाय दर्ता गरे । साथै व्यवसाय गर्ने सिप तथा पोलिसी  समेत सिकेका उनिले विस्तारै व्यवसायलाई व्यवस्थापन गरि राम्रोसंग चलाउन थाले हाल उनले किराना साथसाथै सानो खाजाघर समेत राम्रोसंग संचालन गर्न थालेका छन ।
कसैवाट ऋण नलिई बैदेशिक रोजगारवाट कमाएको पैसावाट व्यवसाय संचालन गरेका जित ले अहिले आएर किराना तथा सानो खाजाघर संचालन गरेका छन र भबिष्यमा विस्तारै व्यावसायलाई वढाउदै सफल व्यावसायि बन्ने योजना उनमा छ ।