अप्सना मिट सप्लायर्स

Case study
photo: 

उनिसँगैका साथिहरु कलेज ड्रेसमा कलेज जादैगर्दा उनलाई साह्रै दुख लागेर आउथ्यो ।  पढने उमरमै विवाह गरेकी संगिता कुमारी महतो वि.स. २०५२ सालमा जन्मेकी हुन ।  १७ वर्षको कलिलो उमेरमै विवाह गरेकी संगिता जिन्दगिको सुरुवातमा घरयासी काम मेला पात गर्ने जंगल जाने घाँस दाउरा गर्नै यसैवाट जिविकोपार्जन गरेकी थिईन विवाह गरेको केही वर्षमै श्रीमान वैदेशीक रोजगारको लागि विदेश गए ।  घरयासि कार्य गरेर नै दिनचार्य व्यतित गरेकी संगिता मनमनै सोच्ने गर्थिन आँफै केही गर्ने र आय आर्जनको वाटो तयार गरि अगाडि बढने योजना बनाएकी संगिता जव हरियो वन कार्यक्रम अन्तर्गत ७ दिने युवा उद्यमशिलता विकास तालिम लिने अवसर प्राप्त गरिन । तालिम अवधिभर जिज्ञासुर उत्साहि संगिता तालिम लगत्तै केही गर्ने अठोट गरिन  त्यसको लगत्तै कावासोती नगरपालीकामा गई अप्सना मिट सप्लार्यस नामक एक फ्रेस हाउस दर्ता गरिन, दर्ता मात्रै होईन असल छिमेकी नेपालबाट रु २००००। (बिस हजार मात्र) ऋण लिएर पसलको विधिवत रुपमा सुरुवात गरिन । उनि आँफै कुखरा काटने  भुत्ल्याउने मासु तयार गर्ने सवै काम एक्लै गर्छिन र मासुपसलको लागि आवश्यक पर्ने दाउ अचाना लगायतका सामाग्रिको खोजिमा रहेकी संगिता युवा उद्यमशिलता विकास कार्यक्रमवाट मासु पसलको लागि चाहिने आवश्यक सामाग्रि प्राप्त गरेपछि उनमा झन उत्साह बढ्यो । हाल उनले दिनको करिव १० वटा कुखुरा तयार गर्ने गरेकी छन मासिक रुपमा करिव १५०००। कमाउन समेत सफल भएकी छन अहिले आफ्नो पारिवारीक खर्च त्यसै मासुपसलवाट नै धानेकी छन र संगिता साच्चै नै एक सफल महिला उद्यमी बनेकी छन ।