प्रविधिले बोकेर आएको नयाँ जिवनी

Case study

जिवनका उकाली ओरालीमा सधैँ अघि वढिरहने यमराज गुरौ नवलपरासी जिल्लाको कावासोति नगरपालीका वडा नं. २ मा जन्मनुभएको हो । बाल्यकालदेखी नै सर्घष र जटिल समयसगँ जुध्दै  आएका यमराज गरिव परिवारमा हुर्के बढेका र गाँउको स्कुलवाट एस.एल सी. पास गरेका थिए नेपालको आदिवासी जनजाति परिवारमा हुर्के बढेका गुरौ नजिकै रहेको वन क्षेत्रमा बढि निर्भर हुने परम्परा थियो । बन क्षेत्रको महत्व र आवश्यकतालाई नजिकवाट  बुुझेका गुरौ बाध्यताको कारण जंगलमा जाने दाउरा काठ काटने काममा बढि तल्लिन थिए । जिज्ञासु स्वभावका गुरौ वाल्यकालदेखी नै कम्प्युटरलाई बढि प्राथामिकता दिने गर्दथे । जसको फलस्वरुप विद्यार्थी जिवनकालमा नै घरायसी समस्या समाधान गर्न नजिकैको  निजि कम्प्युटर कक्षामा काम गर्न थाले ।
ज्ञान र सिपको परिर्वतन सगँसगै अघि वढने यमराज आँफुले केहि गनुपर्ने मान्यतालाई आत्मसाथ गर्दै आफनै थोरै पैसा र साहुवाट लिएको ऋणवाट सानो कम्प्व्युटर सेवाको पसल सुरुवात गरे, सुरुवात कालमा निक्कै नै संघर्ष खेप्न परेका गुरौले जव हरियो वन कार्यक्रम ले ल्याएको ७ दिने उद्यमशिलता विकास तालिममा जटायु रेष्टुरेन्ट मध्यवर्ति सामुदायिक वन को तर्फवाट प्रयत्क्ष सहभागि जनाए फलस्वरुप आफैले केही गनुपर्ने मान्यताका साथ आफनो पसललाई विधिवत रुपमा दर्ता गर्न यसै कार्यक्रम मार्फत आर्थिक सहयोग प्राप्त गरि नगरपालीकाको कार्यालय कावासोति र उद्योग वाणिज्य सँघ मा दर्ता समेत गरे र स्थानिय वित्तिय संस्था संग सस्तो व्यायजदरमा ऋण प्राप्त गर्ने ढोका खेल्न सफल भए त्यस्तै गरि अन्य ठाँउमा पनि सानो खालका उद्यमीहरुलाई भेटि छलफल गर्ने अवसर समेत प्राप्त गरे जसवाट उनमा झन हौसला प्राप्त भो । त्यस्तै गरि यसै कार्यक्रम मार्फत प्राप्त भएको साधनले काम गर्नको लागि झनै सहज भएको छ । अहिले गुरौले आफनो पसल आई टि सोलुसनवाट राम्रो आम्दाी समेत गर्न सफल भएका छन् । साथै उनको जिविकोपार्जन राम्रैसंग चलेको छ र नजिकको सामुदायिक वनमा आश्रित रहेका यमराज अहिले जंगल समेत जान छाडेका छन् ।