वर्षा व्युटिपार्लर कामको परिर्वतनले समाजको हेराईमा आएको परिर्वतन 

Case study

भनिन्छ दुख पछि सुख आँउछ त्यस्तै हुन गया भरपुर उपमहानगरपालीका ८ मा वसोवास गर्ने वर्षा रसाईली लाई समाजको हेराईमा निम्न र तल्लो जातले वाधिएकी, वर्षा विगतको सम्झना लाई हेर्दा जलदेवी सामुदायिक वनका नजिकै घरमा वसोवास गरेकी वर्षाको जिवनका पुर्वकालमा शैक्षीक क्षेत्रलाई भन्दा बढि व्यवहारिक शिक्षालाई बढि महत्व दिने वर्षालाई सानै उमेरदेखी नै केही गनुर्पछ भन्ने मनमा लागेको थियो । तरपनि घरको आर्थिक अवस्था अनि समाजको हेराईलाई नजिकवाट नियालिरहेकी वर्षाले समाजलाई चुनौति दिदै केहि रकम सापट गरि आफ्नै घरमा सामान्य अवस्थाको सौन्दर्य सामाग्रि पसल खोल्न पुगिन । हुनत कामको सुरुवातलाई ठुलो अवसर मान्ने वर्षाको शुरुवातिका दिनहरु साहुलाई ऋण तिर्न नसकेर आफ्नै  वावाले वनाईदिएको सुनको औठि वेच्न वाध्य भईन, समय वित्दै गयो र दिनहरु फेरिदै गए विस्तारै विस्तारै वर्षाको ध्यान व्युटिपार्लसको तालिम लिने अवसर मिल्यो त्यसपछि उनले आफ्नै  सानो घरमा दिउसो तालिम र विहान वेलुका आफ्नै पसलमा व्यस्त हुन पुगिन ।

एकदिन जव सामुदायिक वनको सुचना पार्टिमा उनको ध्यान गयो सुचनाअनुसार उद्यमशिलता विकास तालिम लिन भित्रैवाट उनलाई ईच्छा भएको हुँदा अनि उनि पनि आफ्नो सम्पुर्ण कागजात वोकि फ्रिप्याडको अफिसमा आईन र उनि सहभागि छनौट प्रक्रिया वाट छनौट  समेत हुन सफल भईन । उनलाई उक्त ७ दिने तालिमले उनमा व्यावसायिक सोच बढाउन यति उत्प्रेरणा प्रदान ग¥यो कि तालिम लगत्तै उनले आफ्नो व्यावसाय उपमहानगरपालीकामा दर्ता समेत गरिन । व्यावसायिक तालिम वाट उनले थप व्यवसायकको हिसावकिताव राख्ने  ग्राहकसंग कसरी व्यवहार गर्ने लगायतका तरिका समेत सिकिन । वर्षाले स्थानिय लघुवित्तिय  संस्थावाट ऋणको लागि समेत स्विकृत पाईसकेकी छन । अहिले वर्षाले आफ्नो सफलताको श्रेय अरु कसैलाई नदिई उद्यमशिलता विकास तालिम लाई दिने गर्दछिन । हाल आएर वर्षा वैवाहिक जिवनमा समेत बाँधिएकि छन र उनले भविष्यमा दुवै श्रीमान श्रीमति मिली त्यहि व्यवसायलाई विस्तृत र फराकिलो वनाउने सोच वनायकि छन ।